बक्र ईद पर्व मनाईदै, ३४ जिल्लामा सार्वजनिक विदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 22, 2018 | 08:57:20 AM मा प्रकाशित

laxmi  sunrise bank

 इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा  देशभरका इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् । 

बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ । 

बकर ईदको अवसरमा आज प्रदेश नम्बर १, २ र ५ ले सार्बजनिक विदा दिएका छन् । जस अनुसार आज निम्न ३४ जिल्लाहरुमा बिदा रहेको छ । 


प्रदेश १ का १४ जिल्लाहरु : धनकुटा, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुरर र  झापा।

प्रदेश २ का ८ जिल्लाहरु: सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट , बारा र पर्सा।

प्रदेश ५ का जिल्लाहरु : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),  रूपन्देही,  कपिलबस्तु , पाल्पा,  अर्घाखाँची , गुल्मी,  रुकुम (पूर्वी भाग),  रोल्पा,  प्यूठान,  दाङ,  बाँके र  बर्दिया ।

केन्द्र सरकारले भने यस अवसरमा बिदा दिएको छैन । यद्यपि  प्रधानमन्त्री ओलीले  विदा दिने आश्वासन दिएका थिए।  यस अघि दिंदै आएको विदा कटौती भएको भन्दै बक्रइदमा सार्वजनिक विदा दिन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले गत मंगलबार बिहान ज्ञापन पत्र बुझाएको थियो। सोहि क्रममा ओलीले  विदा दिने आश्वासन दिएका हुन्।  

यस अघि इद, बक्रइद र मोहम्मद डे मा सार्वजनिक विदा दिइएकोमा नेकपा सरकारले मुस्लिम समुदायको तिनवटै महत्त्वपूर्ण पर्वको विदा कटौती गरेको थियो। जसकारण नेकपा सरकारसंग मुस्लिम समुदाय रुष्ट हुँदै आएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved