भूकम्प प्रभावित ५ स्थानमा बन्ने भयो एकीकृत बस्ती, कहाँ कहाँ बन्दैछ हेर्नुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2018 | 05:13:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकका पाँच एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक आज बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

एकीकृत बस्तीमा पूर्वाधारका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्राधिकरण कार्यकारी समितिका सदस्य ध्रुवप्रसाद शर्माले जानकारी दिए । “प्रस्ताव निर्माणको जिम्मेवारी जिल्ला आयोजना कार्यान्वयन एकाइलाई दिइनेछ, आवश्यकताका आधारमा घर भूकम्पपीडित आफैँले बनाउनुपर्छ, पहाडमा चार लाख, हिमालमा पाँच लाख र तराई एवं सदरमुकाममा तीन लाख प्रतिपरिवारका दरले पूर्वाधार विकासमा खर्च हुने कार्यविधि छ”, उनले भने । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजना स्वीकृत गरेको छ । बस्तीमा ४० घरधुरी रहने जनाइएको छ । सोही जिल्लाकै मेलम्ची नगरपालिका–१२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजना पनि स्वीकृत भएको छ । सो बस्तीमा ७० घरधुरी रहने छन् । जिल्लाकै भोटेकोशी गाउँपालिका–५ त्याङ्थली एकीकृत नमूना बस्ती विकास योजनासमेत प्राधिकरण कार्यकारी समितिले पारित गरेको छ जसमा १० घरधुरी रहनेछन् । 

बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका–८ को माझीगाउँको गाईखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा २४ घरधुरी रहनेछन् । 

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० स्थित तीनधारामा घरबाससहितको नमूना तामाङ बस्ती विकास योजना पनि स्वीकृत भएको छ, जसमा ३७ घरधुरी रहनेछन् । 

प्राधिकरणअन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन एकाइका लागि बैठकले कर्मचारी दरबन्दी स्वीकृत गरेको छ जसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन०का लागि इञ्जिनीयरसहित तीन हजार २५० र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का लागि ७०४ छन् । 

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिको सूची, सोबमोजिम घर भए÷नभएका सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved