किन एकसाता मै बन्द भयो कलंकीको अण्डरपास ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 22, 2018 | 07:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चक्रपथ सुधार आयोजनाको लापरबाहीले कलंकीको अन्डरपास संचालनमा आएको एक सातापनि नबित्दै बन्द भएको छ  ।  भदौ १ गतेबाट सञ्चालनमा आएको नेपालको पहिलो अण्डरपास एक सातापनि नबित्दै बन्द भएको हो । चक्रपथ सुधार आयोजनाले कालोपत्रे गर्ने काम नै नसकी अन्डरपास सुचारु गर्दा यस्तो समस्या आएको हो 

कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको यस कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अझै बाँकि छ । अझै  एक÷दुई साता अन्डर पास खुल्ने सम्भावना छैन ।  योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी नै छ ।  साथै सडक छेउमा बोर्ड राख्नेलगायतका काम पनि बाँकि छ। सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी रहेको समूहले बताउँदै आएको छ । 

कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो । ‘अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिएको । 

 जम्मा १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण काम त्यो वर्ष काम ठप्प भएकाले एक वर्ष अवधि थप भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved