कञ्चनपुरमा प्रहरीले प्रदर्शनकारी माथि गोली चलायो, १ को अवस्था गम्भीर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 01:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ। कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले गोली चलाएको हो। 

गोली लागि १ जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना घाइते छन्।  

आन्दोलन चर्किएपछि अहिले भीमदत्त नगर तनावग्रस्त बनेको छ। भीमदत्तनगर-२ की पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शन चर्किएको हो । पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्यारा प्रहरीले सार्बजनिक नगरेको भन्दै आन्दोलन चर्काएका हुन् ।

 साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved