आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 03:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिउँसो ३ बजेदेखि महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । आन्दोलनले उग्र रुप लिएपछि अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

यसअघि स्थानीयले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। जस मध्ये एक जनाको अवस्था गम्भीर छ ।  

आन्दोलन चर्किएपछि अहिले भीमदत्त नगर तनावग्रस्त बनेको छ। भीमदत्तनगर-२ की पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शन चर्किएको हो । पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्यारा प्रहरीले सार्बजनिक नगरेको भन्दै आन्दोलन चर्काएका हुन् ।

 साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved