कञ्चनपुरका सीडीओ, एसपी र डीएसपीको सरुवा, घटना छानविन गर्न समिति गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 05:25:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्चनपुरमा आन्दोलनले उग्र रुप लिएपछि सरकारले कंचनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी उपरक्षक तथा प्रहरी नायव उपरीक्षक परिवर्तन गरेको छ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई पनि फिर्ता बोलाएको हो । नयाँ सिडिओको रुपमा तारानाथ अधिकारी र नयाँ एसपीको रुपमा कुवेर कठायतलाई पठाईएको  छ ।

 १३ वर्षिया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश समेत जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिउँसो ३ बजेदेखि महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । भीमदत्तनगर-२ की पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शन चर्किएको हो । पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्यारा प्रहरीले सार्बजनिक नगरेको भन्दै आन्दोलन चर्काएका हुन् । साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो।  

यता गृहमन्त्रालयले घटनाको छानविन गर्न उच्च स्तरीय छानविन समिति गठन गरेको छ । हत्याको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । टोलीमा तीनओटै सुरक्षा निकायका डीआईजी र आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश नम्बर ७ का एक–एक जना प्रतिनिधि रहनेछन् । टोलीलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved