दोस्रो पटक कोरिया जानेको लागि शुक्रबारदेखि भाषा परीक्षा, को कुन सिफ्टमा ? (सुचिसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 05:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो पटक रोजगारीमा कोरिया जान चाहने हरुका लागी भदौ ८ गते शुक्रबारबाट परीक्षा सञ्चालन हुदै छ । रोजगार अनुमति प्रणाली ‘इपिएस’ अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागी फेरी जान ईपिएस नेपालले बिशेष परीक्षा लिन लागेको हो ।

भाषा परीक्षाको लागि ३ हजार ३ सय ४ जनाले आवेदन बुझाएको ईपिएस नेपालका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । उनले भने, ‘भोलीबाट सञ्चालन हुने परिक्षा असोज २६ गतेसम्म सञ्चालन हुने छ, एक सिफ्टमा २९ जना मात्र परीक्षामा सामेल हुनेछन् ।’

कोरियाको सार्बजनिक बिदाको दिन भाषा परीक्षा हुने छैन । यसैगरी नेपालको सार्वजनिक विदाको दिनमा पनि परीक्षा नहुने हुँदा परीक्षा समय अवधि असोज २६ गतेसम्म लम्बिएको भण्डारीको भनाई छ । परिक्षाको आधिकारिक नतिजा भने परीक्षा दिएको एक हप्ताभित्र प्रकाशित हुने छ । तर कम्प्युटर वेस्ड परीक्षा भएकोले परीक्षा सकिना साथ आफुले पाएको अंक भने थाहा पाउन सक्ने छन ।परीक्षा इपिएस नेपालको कार्यलय नजिक रहेको कोरियन कार्यलयको हलमा हुनेछ । कुन दिनमा कुन सिम्बोल न.को परिक्षा हुन्छ भन्ने जानकारी इपीएस नेपालको वेवसाईटमा गएर वा यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० हुने छ । त्यस्तै पढाई र सुनाइ अन्तर्गत समान २५÷२५ प्रश्न सोधिने छ । परीक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved