निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 10:44:47 AM मा प्रकाशित

laxmi  sunrise bank

 भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । 
भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गरेका हुन् । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो । 

नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट रु तीन लाख सहयोग दिइने जानकारी दिए  । 

निर्मलाको हत्यामा संलग्नलाई छिटो कानूनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने नगर प्रमुख विष्टले बताए । नगर प्रमुख विष्टले निर्मला हत्याको अनुसन्धानमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । 

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका शनि खुनाका परिवारलाई पनि शनिबार रु तीन लाख सहयोग गर्ने घोषणा गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved