बसन्तपुरमा गाईजात्राको रौनक (फोटोफिचर)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 03:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँएको छ । 

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ । 
गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।१ वर्षभित्र मृत्यु भएका परिवारका सदस्यलाई संझना गर्दै उनीहरुको तस्विरसहित गाई जात्रा निकालिन्छ ।  दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।  

हेर्नुस बसन्तपुरमा गाईजात्राको रौनक : 










फोटो : बसन्त हुमागाईं 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved