प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 10:19:15 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने भएका हुन् । 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए  । उनले यसबीचमा संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिने छन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved