बिमस्टेक सम्मेलन गरीबी निवारणमा केन्द्रित हुन्छ : प्रधानमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 28, 2018 | 02:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन गरीबी निवारणमा केन्द्रित हुने बताएका छन् । बिहीबार र शुक्रबार काठमाडौँमा आयोजना हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलन बारे संसदमा जानकारी दिँदै प्रधानमन्त्रीले हरेक देशका नागरिक–नागरिक बीचको सम्बन्ध विस्तारमा सम्मेलन केन्द्रित हुने बताए ।  

उनले वातावरण परिवर्तनका क्षेत्रमा देखिएको परिवर्तन, विकासका चुनौतीहरु, दिगो विकासका लक्ष्यलाई प्राप्त गर्ने योजना, गरीबी निवारण, कनेक्टीभिटी लगायतका विषयमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन उपयोगी विश्वास व्यक्त गरे । ओलीले ६ राष्ट्रकै सरकार तथा राष्ट्र प्रमुखले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटघाट गर्ने बताउँदै सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved