मोदीले मुक्तिनाथ चम्किदा बन्ला त बिमस्टेक सम्मेलन पर्यटन उद्योगको लागि सुनौलो अवसर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 28, 2018 | 02:13:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौँमा हुँदैछ। आयोजक राष्ट्रको हैसियतले नेपाल सरकारले बिमस्टेक सम्मेलनको तयारी पूरा भएको जनाएको छ। सन २०१६ मै हुनुपर्ने यो सम्मेलन दुई बर्ष ढिला गरी नेपालमा आयोजना हुँदैछ।

नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य रहेको बिमस्टेक सम्मेलन आयोजना गर्दै गर्दा त्यसबाट नेपालले विविध फाईदा पनि उठाउन सक्छ। नेपालमा सबैभन्दा धेरै धार्मिक पर्यटन भित्रिने भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी आफै सहभागी हुँदैछन्। यसबीचमा उनले नेपालका केही धार्मीक स्थलको भ्रमण गर्ने जनाईएपनि सुरुक्षाको कारण देखाउँदै उनले भ्रमण नगर्ने पनि भनेका छन्। तर नेपाल सरकारले उच्च सुरक्षाको प्रवन्ध गरेर मोदीलाई नेपालको पोखरा, लुम्बिनी लगायतका क्षेत्रको भ्रमण गराउन सके आगामी दिनमा भारतबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। 

त्यस्तै बंगलादेशकी प्रधानमन्त्री सेख हसिना पनि सम्मेलनमा सहभागी हुँदैछिन । तुलनात्मक रुपमा भारतबाट भन्दा कम पर्यटक नेपाल भित्रिएपनि नेपालको पर्यटन विकासमा बंगलादेशको सहयोग रहँदै आएको छ । देशको प्रधानमन्त्री आएर घुमफिर गरेको ठाउँमा सो देशका नागरिक पनि आउन चाहान्छन। त्यसैले नेपालले यो सम्मेलनमा नेपालका पर्यटकीय गन्तव्य र यहाँका पर्यटकीइ स्थलहरु सुरक्षित छन् भन्ने सन्देश दिन सक्नुपर्छ । 

भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डबाट सरकार प्रमुखहरु सहभागी हुँदैछन् । उनीहरुलाई नेपालले पर्यटन पूर्वाधार निर्माण गरिरहेको र सन् २०२० मा ‘भिजिट नेपाल–२०२०’ आयोजना गर्न लागिएको बारे अहिले नै जानकारी दिनु उपयुक्त हुन्छ। त्यस कार्यक्रमको विश्व समुदायमा जानकारी दिने यो उपयुक्र्त समय पनि हो । 

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्य विमस्टेक सम्मेलन र नेपालको पर्यटन उद्योगबीच निकै घनिष्ट सम्बन्ध हुने बताउँछन् । उनका अनुसार विमस्टेक सम्मेलन सफल हुँदा नेपालको पर्यटन क्षेत्र पनि सफल हुनेछ। अघिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जनकपूर र मुक्तिनाथ भ्रमण गरेपछि अहिले भारतबाट मुक्तिनाथ आउने पर्यटकको संख्या २५ प्रतिशतले बढेको छ । “अब यसपटक मोदी जि लुम्बिनी जाने कुरा छ, यदि जानुभयो भने भारत सहितका देशहरुबाट लुम्बिनी आउने पर्यटक बढ्नेछन, पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड लगायतका निकायले विमस्टेक सम्मेलनमा आउने विभिन्न देशका प्रमुखहरुलाई नेपालको पर्यटकीय क्षेत्रमा लैजाने वा त्यस क्षेत्रका विषयमा सकारात्मक सन्देश दिनुपर्छ” आचार्यले भने । 

ट्रेकिङ एजेन्स एशोसियशन अफ नेपाल (टान) ले विमस्टेक सम्मेलन नेपालमा आयोजना हुनु पर्यटन व्यवसायीको लागी राम्रो अवसर भएको बताएको छ । टानका अध्यक्ष नवराज दाहालले विमस्टेक सम्मेलनले नेपालको पर्यटनको विषयमा सकारात्म सन्देश जाने विश्वास व्यक्त गर्छन् । “सम्मेलनमा विभिन्न देशका सरकार प्रमुखहरु आएका छन्, उनीहरु आउनु नै सकारात्मक हो” उनले भने, “आएका पाहुनाहरुलाई नेपालको पर्यटकीय गन्तव्यका विषयमा जानकारी गराएर पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्छ ।” 

नेपालमै विमस्टेक सम्मेलन आयोजना भईरहेका बेला नेपालले आफ्ना आन्तरिक विषयमा धेरैभन्दा धेरै जानकारी विश्व समुदायमा दिन सक्नु पर्छ । यदि यसो गर्न सकियो भने नेपालमा आउने पर्यटकको संख्यामा पनि वृद्धि भई सरकारले आफ्नो लक्ष्य हाँसिल गर्न सक्छ । यो सम्मेलनलाई केवल पूरा गर्न मात्रै नभई अधिकतम लाभ लिन पनि नेपालले सक्नुपर्छ । त्यो भनेको पर्यटकीय गन्तव्यका रुपमा परिचित नेपाललाई यहाँको हावापानी र भु बनोट, यहाँका हिमाल, पदमार्गसहित साहसिक खेलहरु जस्तैः र्याप्टिंङ  बंजी जम्प, प्याराग्लाईडीङ आदिको विषयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्मेलनमा सहभागी विभिन्न देशका सरकार प्रमुखलाई जानकारी गराई नेपालको पर्यटन उद्योगलाई फराकिलो बनाउन तत् तत् निकायहरु लाग्नुपर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved