यी सवारीलाई लागू हुने छैन जोर बिजोर प्रणाली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 06:41:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्था सहज बनाउन काठमाडौं उपत्यकामा बुधबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू  हुदै छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नबराज लम्सालका अनुसार अत्यावश्यक बाहेकका सबै चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी र दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुनेछ। 

तर महाशाखाले निम्न गाडीको हरुको हकमा भने जोर बिजोर प्रणाली लागु नहुने बताएको छ । 

१. बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई । 
२. गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई । 
३. सांसदहरुको सवारी साधनहरुलाई  ( परिचय पत्र हेरेर)। 
४.  अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी , विद्यार्थीको परीक्षा , एयरपोर्ट टिकेट भएका) हरुलाई । 
५.  कुटनितिक नियोगका सवारी साधनहरु। 
६. सुचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई। 
७.  बिहान ६ बजे अघि र बेलुकी १० बजे पछि सम्पुर्ण सवारी साधनहरू 
। 


यी वाहेक अन्य  सबै सवारीमा जोर बिजोर प्रणाली लागु हुनेछ  । 

'भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यकाभित्र चल्ने सबै सवारी साधनमा यो नियम लागू हुन्छ' एसपी लम्सालले भने। उनका अनुसार अनुसार भदौ १३ र १५ गते नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) भएका सवारी साधनहरू चल्न पाउनेछन भने १४ गते (०, २, ४, ६, ८) भएका सवारी साधनहरू संचालन हुन पाउनेछन। 

नियम उल्लङ्घन गर्नेहरुलाई जरीवाना समेत तोकिएको एसपी लम्सालले बताए। उनका अनुसार नियम उल्लङ्घन गरेर सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ भने ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। 

यो नियम लागू भएको दिन सडकमा सवारी चाप करिब आधा घट्ने ट्राफिक प्रहरीको बिश्वास छ। उपत्यकाभित्र हाल १३ लाख भन्दा बढी सवारी साधन गुड्ने तथ्यांक छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved