भदौ १६ सम्म अन्तर्राष्ट्रिय उडान प्रभावित, २ दिन २४ घण्टा सञ्चालन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 11:32:06 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकोले  शनिबारसम्म विमानस्थलका उडान तथा अवतरण प्रभावित हुने भएका छन्।

बिमस्टेक सदस्य राष्ट्र प्रमुख तथा विशिष्ट पाहुनाहरुको उडानको समयमा विमानस्थलमा अन्य व्यावसायिक उडान बन्द गर्ने परम्परा रहेको छ। सोहीअनुसार सम्मेलनको क्रममा सरकार प्रमुखहरु आउने भएकोले उडान तथा अवतरण प्रभावित हुने भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

बिहिबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा भाग लिन सम्मेलनकै दिन भारत, बंगलादेश र थाइल्यान्डका सरकार प्रमुख काठमाडौं आउने कार्यक्रम रहेको छ। म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै नेपाल आईसकेका छन। 

शुक्रबार र शनिबार उनीहरु स्वदेश फर्किने कार्यक्रम रहेकाले फर्कदा पनि उडान तथा अवतरण प्रभावित हुने भएको छ। अति विशिष्ट उडानको कारणले प्रभावित भएका उडानलाई सामान्य पार्नको लागि बिहीबार र शुक्रबार २४ घण्टा विमानस्थल संचालन हुने विमानस्थल कार्यालयले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved