बिमस्टेकका पाहुना आउने समयमा यी रुटमा यात्रा नगर्न आग्रह, को कुन बेला आउदै ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 11:52:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको लागि पाहुनाहरु नेपाल आउँन थालेका छन ।

सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै नेपाल आइसकेका छन। उनलाई रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनी आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् 

आज बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ  वाङचुक नेपाल आएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि आज नै नेपाल आईसकेका छन्  । 

बिहिबार ३ देशका राष्ट्र प्रमुख नेपाल आउदै छन् । बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अआई पुग्ने छन्  । बिहीबार ९ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद नेपाल आईपग्ने कार्यक्रम छ । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा पनि बिहीबार बिहान नै नेपाल आईपुग्ने छ। 

पाहुनाहरुलाई विमानस्थलदेखि होटेलसम्म पुर्याउदा सरकारले त्यस रुटमा सवारीसाधनलाई रोक लगाउने गरेको छ  । यहि कारण सर्वसाधारणले सास्ती बेहोरेका छन् । 

ट्राफिक प्रहरी महाशाखाले विमानस्थलदेखि सोल्टी होटेलसम्म पुग्नको लागि ३ वटा रुट तयार गरेको छ । पाहुना आईपुग्ने बेला ट्राफिकको स्थिति हेरेर रुट तय गरिने महाशाखाले जनाएको छ । 

जस अनुसार विमानस्थल, तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरिएको छ । त्यसको वैकल्पिक रुपमा  विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ । तेस्रो बिकल्पको रुपमा विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको रुट रहेको छ । 

पाहुना आउने समयमा यी सकेसम्म यी रुट प्रयोग नगरी बैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक महाशाखाले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved