नयाँ मेसिनले काम नगरेपछि निजि कम्पनीबाटै स्मार्ट लाइसेन्स

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 02:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था बिभागको हालै मात्र खरिद गरेको नयाँ मेसिनले समेत कार्ड छाप्न नसक्दा निजि कम्पनीबाटै स्मार्ट लाइसेन्स छाप्ने तयारि अगाडी बढेको छ। लाइसेन्स छाप्नका लागि उपलब्ध नयाँ पुराना नौ वटा प्रिन्टरले काम नगरेपछि बिभागले आटउ सोर्सिङ गर्ने भएको हो। 

ती प्रिन्टरहरुले कार्ड छाप्न नसक्दा बाध्य भएर सेवाग्राहीको माग धान्नका लागि आउट स्रोसिङ गर्न लागिएको विभागले जानकारी दिएको छ। विभागसँग भएका पुराना पाँच वटाले प्रति दिन दुई हजार र भर्खरै खरिद गरिएको चार वटाले प्रतिदिन ४ हजारगरी दिनमा ६ हजारको दरले कार्ड छाप्नुपर्ने हो । तर नयाँ खरिद गरिएका प्रिन्टरले स्मार्ट लाइसेन्स छाप्नै सकेका छैनन् भने पुराना मध्ये पनि दुई वटा मात्र चालु अवस्थामा छन् । 

भएका र अलि अलि काम गर्ने प्रिन्टरले पनि रोजगारी, शान्ति सेना, अध्ययनमा जाने र सोर्स फोर्स भएका व्यक्तिको स्मार्ट लाइसेन्स छाप्न प्रयोग हुँदै आएको छ । यसले गर्दा पनि विभागले सेवाग्राहीलई समयमै स्मार्ट लाइसेन्स उपलब्ध गराउन सकेको छैनन् । हाल देशभर सबै प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा धेरै सेवाग्राहीले ८ महिनादेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । 

विभागका महानिर्देशक लावण्यकुमार ढकालले स्मार्ट लाइसेन्सका लागि सम्पूर्ण प्रक्रिया पुरागरी ब्याक लक हटाउनका लागि आउट सोर्सिङ गर्न लागेको जानकारी दिए ।

‘स्मार्ट लाइसेन्सका लागि प्रक्रिया पुरा गरेको वर्षदिन वित्दा पनि सेवाग्राहीले कार्ड पाउन सकेका छैनन्, अहिले नै ब्याक लकको समस्या समधान गरिएन भने यो झन बढ्दै जान्छ । तत्कालका लागि ब्याक लक हटाउन आउट सोर्सिङ गर्न खोजेका हौं ।’ ढकालले भने ।

एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स सुरु गएिको थियो । हाल देशभर स्मार्ट लाइसेन्स जारी भइसकेको छ । स्मार्ट लाइसेन्स वितरण सुरु गरेको समयदेखि नै विभागले भारत स्थित मद्रार्स सेक्युरेटी प्रिन्टर्ससँग कार्ड र प्रिन्टर खरिद गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved