बिमस्टेकको अध्यक्षता नेपालद्वारा श्रीलंकालाई हस्तान्तरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 12:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आयोजित  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ।

दुई दिने सम्मेलन १८ बुदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो। समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन्।

नेपालले सन २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको थियो। सन २०१६ मा नै बिमस्टेकको आयोजना गर्नुपर्ने भएपनि नेपालले दुई बर्ष ढिलागरी बिमस्टेक आयोजना गरेको हो। ६ जुन १९९७ मा थाइल्याण्डको बैंगककमा भएको एक घोषणा पश्चात जन्मिएको यस संस्थाको सुरुवाती नाम बिस्टेक थियो।  सुरुमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डको सहकार्यमा स्थापना भएको यस संस्थामा २२ डिसेम्बर १९९७ मा म्यान्म्यारमा भएको सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकले यस समुहको नाम बिमस्टेक राख्यो। पछि फेब्रुअरी २००४ मा नेपाल र भुटानलाई समेत यस समुहमा आबद्ध गराइएको हो। 

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved