१८ बुंदे काठमाडौं घोषणापत्र जारि गर्दै सकियो बिमस्टेकको चौथो सम्मेलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 12:51:59 PM मा प्रकाशित

laxmi  sunrise bank

१८ बुंदे काठमाडौं घोषणापत्र जारि गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। दोस्रो दिन शुक्रबार एजेन्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो। 

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखले हस्ताक्षर गरेका छन्। सम्मेलन सम्पन्न हुनुपूर्व सदस्य मुलुकहरुबीच बिद्युत प्रशारण लाइन बिस्तार हुने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

बिहिबार भदौ १४ देखि सुरु भएको दुई दिने बिमस्टेक चौथो शिखर सम्म्लेन समापन समारोहमा केही बेर अघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन्। 

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी थिए। सम्मेलन सम्पन्न भएसँगै शुक्रबार चार देशका सरकार प्रमुख स्वेदश फर्कदैछन् ।

नेपालले सन २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको थियो। सन २०१६ मा नै बिमस्टेकको आयोजना गर्नुपर्ने भएपनि नेपालले दुई बर्ष ढिलागरी बिमस्टेक आयोजना गरेको हो। ६ जुन १९९७ मा थाइल्याण्डको बैंगककमा भएको एक घोषणा पश्चात जन्मिएको यस संस्थाको सुरुवाती नाम बिस्टेक थियो।  सुरुमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डको सहकार्यमा स्थापना भएको यस संस्थामा २२ डिसेम्बर १९९७ मा म्यान्म्यारमा भएको सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकले यस समुहको नाम बिमस्टेक राख्यो। पछि फेब्रुअरी २००४ मा नेपाल र भुटानलाई समेत यस समुहमा आबद्ध गराइएको हो। 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved