थाइल्याण्डले १६ करोड बराबरको मेडिकल सहायता दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 01:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डले नेपाललाई करिब १६ करोड रुपैयाँ बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने भएको छ। बिमस्टेकको चौथो शिखर सम्मेलन साइडलाइनमा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच शुक्रवार भएको द्वीपक्षीय भेटवार्ता यससम्बन्धि समझदारी भएको हो।  

थाइल्याण्डका प्रधानमन्त्री चान ओ चाले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। थाईल्याण्डका प्रधानमन्त्री चान ओ चाले सो सहायता सम्बन्धी शुक्रवार प्रतीकात्मक सामाग्री हस्तान्तरण गरेका हुन्। थाइल्याण्डले सो सहायता नेपालाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved