यसकारण डलर इतिहासकै महंगो, नेपाली अर्थतन्त्रलाई फाइदा कि घाटा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 03:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी डलर इतिहासकै महँगो भएको छ। बिश्वबजारमा डलरको मुल्य दुई हप्तामा झन्डै ३.५ प्रतिशतले बढेको र यो क्रमले अझैं निरन्तरता पाउने विश्लेषण गरिएको छ। 

अमेरिकी डलरको नेपाली मुद्राको अवमूल्यन हुँदा १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ। खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । 

अमेरिकी डलर निरन्तर मजबुत हुँदै जाँदा रेमिट्यान्सलाई फाइदा पुग्ने भएपनि निर्यात भन्दा आयातमुखी भएकाले नेपालको ब्यापार घाटा अझ बढ्ने आंकलन गरिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले स्वदेशमा उत्पादन गर्नेलाई करमा छुट दिने लगायतका बिशेष प्याकेज ल्याउँदा त्यसको प्रत्यक्ष असर डलरमा देखिएको छ। बिश्वभरका व्यवसायीहरु अमेरिकी अर्थतन्त्र प्रति आकर्षित हुँदै गर्दा डलरको माग पनि ह्वात्तै बढेको छ। जस कारण डलरको मुल्य दुई सातामा नै साढे तिन प्रतिशतले बढेको छ। 

अमेरिकी डलर बढ्दै जाँदा नेपाललाई भने चुनौती थपिएको छ। मुल्य वृद्धि साढे प्रतिशतमा नियन्त्रण गर्ने नेकपा सरकारको लक्ष्यलाई डलरको मजबुतीले चुनौती थपेको छ। नेपालजस्तो आयातमुखी मुलुकमा डलरको मुल्य वृद्धिले नेपालको महंगी नियन्त्रण भन्दा बाहिर जाने देखिएको छ।व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्। देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्‍याउने सम्भावना रहे पनि ठूलो मात्रामा डलरमा हुने आयातले अर्थतन्त्रका लागि जोखिम उत्तिकै रहने उनीहरूको चिन्ता छ।

डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ। भारतसँग पेट्रोलियम पदार्थको ठूलो खानी नभएको र उसले पनि डलरमा किनेर नेपाललाई बेच्ने गर्छ। यस कारण अब नेपाल आयल निगमलाई हुने घाटा बढ्दै जाने देखिन्छ। यसले आगामी दिनमा पेट्रोलियमको मुल्य बढाउने देखिन्छ। 

किन बढिरहेको छ डलरको मुल्य ?

विश्वभर छरिएका अमेरिकी नागरिकमा राष्ट्रबादी चिन्तन बढेकोले उनीहरु अहिले अमेरिका फर्कन थालेका छन। जसले डलरको मागलाई ह्वात्तै बढाएको छ। 

अर्को तर्फ अमेरिकामा ब्याजको दर बढेकाले पनि डलर महंगिएको हो र आगामी दिनमा ब्याजमा थप सुधार आउने अपेक्षा समेत गरिएको छ। जसले निश्चित रुपमा डलरको मुल्य थप बढाउनेछ। 

त्यस्तै अमेरिकी राष्ट्रपती ट्रंपले कर छुट लगायतका बिशेष प्याकेज ल्याएकाले बिश्वभरबाट बैदेशिक लगानी अमेरिकामा भित्रिने क्रममा छ। सबैले अमेरिकी डलरको माग गर्दा यसले डलरको मुल्य बढाएको हो। 

त्यसमा पनि चीनसंगको ब्यापार नीति, उत्तर कोरियासंगको सम्बन्धमा सुधार, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार लगायतका बिषयले अमेरिकी डलर प्रति मानिसहरुको बिश्वाश बढिरहेको छ। अहिले १०० डलर किन्न ११० चिनिया यान खर्च गर्नुपरेको छ तर यस अंग्रेजी बर्षको अन्त्यसम्म १२० चिनिया यान खर्च गर्नुपर्ने विश्लेषण गरिएको छ।  




       





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved