मोदीले लुम्बिनी भ्रमण नगर्नुका २ महत्त्वपूर्ण कारण

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 31, 2018 | 06:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणमा आउने जोकोहि पनि गौतम बुद्दको जन्मथलो लुम्बिनी जान रुचाउछन। त्यसमा पनि नेपाल आउने विश्वका अन्य मुलुकका राष्ट्र प्रमुखहरुको पहिलो रोजाई लुम्बिनी नै हुनेगर्छ। 

त्यहि क्रमलाई निरन्तरता दिंदै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका प्रधान न्यायाधीश तथा सरकारका प्रमुख सल्लाहकार दसत्त छिरिङ वाङचुक,श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना लुम्बिनी भ्रमणमा गएका छन। 

बिशेष महत्त्वका साथ मुक्तिनाथ र पशुपतिनाथ भ्रमण गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीलाई बेवास्ता गर्दै आएका छन। नेपाल आउँदा जहिलेपनि लुम्बिनी जाने आश्वासन दिने तर अन्तिम समयमा सुरक्षाको कारण देखाउदै मोदीले लुम्बिनी भ्रमण रद्द गर्दै आएका छन। 

प्रधानमन्त्री भएलगत्तै दोस्रो भ्रमण मुलुकको रुपमा नेपाल आउँदा उनले लुम्बिनी जान इच्छा देखाएनन। त्यस्तै केही महिना अगाडी नेपाल आउँदा मोदी जनकपूर र मुक्तिनाथ भ्रमणमा निस्किए तर अर्को पटक भन्दै फेरी पनि लुम्बिनी गएनन। अहिले नेपालले बिमस्टेकको चौथो शिखर सम्मेलन सफलतापुर्वक सम्पन्न गर्दै गर्दा बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुले लुम्बिनी भ्रमण गरे तर यस पटक पनि सुरक्षाको कारण देखाउदै मोदी लुम्बिनी भ्रमण गरेनन। 

बिमस्टेकमा सहभागी हुन नेपाल आएका अन्य सदस्य राष्ट्रका प्रमुखहरुले सुरक्षित मानेर लुम्बिनी भ्रमण गर्दै गर्दा मोदीले पनि सुरक्षाको कारण देखाएर लुम्बिनीलाई 'बेवास्ता' गरे। यसरि पटक पटक सुरक्षाको कारण देखाएर मोदीले लुम्बिनी भ्रमण नगर्ने गरेकाले यसको पछाडी मोदीको गलत नियत भएको विश्लेषण गरिएको छ। 

मोदीले लुम्बिनी भ्रमण नगरेर कुटनीतिक भाषामा भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनी होइन भन्ने कुरा पुष्टि गर्न चाहेको बिज्ञहरुको दाबि छ। बिज्ञहरुका अनुसार मोदीले लुम्बिनी भ्रमण नगर्नुमा धेरै कारण छन। 

पहिलो, अन्तराष्ट्रिय मंचमा भारतलाई गौतम वुद्धको देश भनेर चिनाउने मोदीले लुम्बिनी भ्रमण गरेर विश्वलाई नेपाल गौतम बुद्दको देश हो भन्ने संदेश दिन नचाहेको विश्लेषण गरिएको छ। त्यसो त भारतले लुम्बिनी र कपिलवस्तुको गरिमालाई आफ्नो मुलुकतिर तान्नका लागि आफ्नो भूमिमा ‘कपिलवस्तु' नामको संग्रहालय नै बनाएको छ।

नेपालमा आएका बेला बुद्ध जन्मेको देश भने पनि मोदीले युरोप भ्रमणमा बुद्धबारे विवदास्पद अभिव्यक्ति दिँदै आएका छन् । यसैक्रममा भारत सरकारले लुम्बिनी नजिकै आफ्नो भूमिमा धमाधम नक्कली ‘कपिलवस्तु’ बनाएर बुद्ध भारतमा जन्मेको प्रमाणित गर्ने प्रयास जारि राखेको छ।

भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा एउटा सतूपा छ, जहाँ बुद्धको अष्टधातु फेला परेको भारतीय दाबी छ । त्यहाँ गौतम बौद्धभिक्षु, भिक्षुणीहरुको आवास गृहसमेत छ । सो स्थानमा भन्दा करिब एक किलोमिटर अगाडि बुद्धका बुबा शुद्धोधनको ‘नक्कली’ दरबार खडा गरिएको छ। सो स्थानलाई बगैँचाका रुपमा सजाइएको छ। यसरि भारतले केटाकेटी पारामा ‘कपिलवस्तुको’ नाम दुरुपयोग गरेर बिश्वभर भ्रम फैलाउन खोजिरहेको छ। 

दोस्रो, हिन्दु धर्मलाई बिशेष महत्त्व दिने मोदीलाई बुद्ध धर्मको प्रचार प्रसार गर्न अप्ठ्यारो परेको विश्लेषण गरिएको छ। लुम्बिनी भ्रमणले बुद्ध धर्मको प्रचार प्रसार हुने र त्यसले हिन्दु धर्ममा आस्था राख्ने मोदीलाई संगसंगै दुवै धर्मको प्रचार गर्दा नैतिक संकट उत्पन्न हुने बिज्ञहरुको भनाई छ।  हिन्दु धर्ममा आस्था राख्नेहरुले बुद्व धर्मावलम्बीलाई समेत ओमकार परिवार मान्नेगर्छन तर कतिपय बुद्धिष्टहरुले आफुहरु हिन्दु धर्मावलम्बी नभएको बताउदै आएका छन। दुई धर्मलाई संगसंगै बोकेर हिड्न अप्ठारो हुने भएकाले समेत मोदीले लुम्बिनीलाई बेवास्ता गर्दै अगाडी बढेको जानकारहरुको भनाई छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved