कानून विपरित कर नउठाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 01, 2018 | 07:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकसँगको संवादबाट मात्रै करको दर निर्धारण गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन्। सम्बादबाट निर्धारण गरिएको कर मात्रै प्रभावकारी हुने बताउदै उनले यस्तो निर्देशन दिएका हुन। 

'नागरिकसँग छलफल र संवाद भयो भने मात्र नागरिकले तिर्न सक्ने र नसक्ने करको निर्धारण हुन्छ अनी मात्र नागरिकहरु करको दायरामा राजीखुसी आउँछन्,’ पोखरेलले भने, 'नागरिकसंगको सम्बादले मात्रै कर तिर्ने संस्कार बिकास हुन्छ, त्यसो गर्दा स्थानीय तहको करका बारेमा अहिले आएजस्तो टिकाटिप्पणी पनि हुँदैन।’

प्रदेश आर्थिक मामिला योजना मन्त्रालयले बजेट र राजस्व सम्बन्धी व्यवस्थाका सम्बन्धमा शुक्रबार रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहसँग गरेको अन्तरक्रियामा बोल्दै पोखरेलले कतिपय तहले कानुन विपरितका निकासी कर उठाएको भन्दै उजुरी समेत परेको उल्लेख गर्दै यस्तो कार्यले संघीयताप्रति नै नागरिकको वितृष्ण पैदा हुने बताए । 

हचुवाको भरमा कर नउठाउन र नागरिकका आर्थिक कृयाकलाप बढ्ने गरी करको दर निर्धारण गर्न उनले सुझाव दिए। ‘नागरिकका आर्थिक क्रियाकलाप बढ्ने गरी कर निर्धारण गर्दा नागरिक खुशी हुने मात्र होईन कर तिर्ने संस्कृतिको विकास  हुन्छ,’ उनले भने ।

उनले अहिले वस्तुपिच्छे हाट बजारमा कर लिने परिपाटी बेठिक भएको बताउँदै नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको विषयमा समेत वस्तुपिच्छे कर लिनु उचित नहुने बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved