त्रिभुवन विमानस्थलको नाफा पाँच अर्ब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 01, 2018 | 08:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आवमा पाँच अर्ब ८१ करोड ७६ हजार नाफा कमाएको छ।

पोखरा नागरिक उड्डयन कार्यालयले तीन करोड ६२ लाख ७७ हजार, गौतमबुद्ध विमानस्थलले एक करोड ३२ लाख १३ हजार, तेन्जिङ हिलारी विमानस्थलले ८९ लाख ७५ हजार, भरतपुर विमानस्थलले ६९ लाख ११ हजार, सिमीकोट विमानस्थलले तीन लाख ९७ हजार तथा नेपालगञ्ज विमानस्थलले तीन लाख ९६ हजार रुपैयाँ नाफा गरेका छन्।

मुलुकभर ५६ विमानस्थलमध्ये ३६ सञ्चालनमा छन् । तीमध्ये २९ विमानस्थल कालोपत्र गरिएको छ । गत आवमा भद्रपुर, विराटनगर, जनकपुर, धनगढीजस्ता क्षेत्रीय विमानस्थल घाटामा रहेका थिए। रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved