१३ घण्टादेखि अवरुद्द त्रिभुवन विमानस्थल सुचारू, दुर्घटनाग्रस्त यतिको जहाज हटाइयो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 09:03:49 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार राति ८:३५ देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १३ घण्टापछि संचालनमा अाएकाे छ। अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाएपछि विमानस्थल संचालनमा अाएकाे हाे। 

दुर्घटनाग्रस्त यतिको जहाज हटाइसंगै विमानस्थल सुचारु भएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। नेपालगञ्जबाट चालक दलका सदस्यसहित २१ यात्रु लिएर आएको यतिको जहाज दुर्घटना भएपछी अन्य जहाजहरु १३ घण्टासम्म अवतरण तथा उडान हुन सकेको थिएन।  

विमानस्थल १३ घण्टा बन्द भएपछी गएराति आकाशमै रहेका जहाजहरु डाईभर्ट भई नजिकका अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन। विमानस्थल कार्यालयका अनुसार क्याथो ड्रागन एयरलाइन्सको जहाजले आकाशमै फन्को लखनउमा अवतरण भएको थियो भने चीनको गोन्झाउबाट आएको चाइना साउदर्न एरयालइन्सको जहाज पनि काठमाडौँको आकाशमा चार फन्को बढी लगाएर कोलकतातर्फ डाइभर्ट भएको थियो।

त्यस्तै विराटनगरबाट आएको  जहाज भैरहवामा अवतरण भएको थियो भने श्री र बुद्वका जहाज शनिबार साढे ११ बजे नेपालगञ्ज अवरण भएको थियो। गएराति ११:२५ मा कतारको लागि उडान भर्ने क्रममा रहेको हिमालयन एयरलायन्सको उडान समेत रद्द भएको छ। हिमालयन एयरलायन्सले हिजो राति रद्द भएको उडान आज बिहान १२ बजे सुचारु हुने जनाएको छ। करिब १३ घण्टा विमानस्थल अवरुद्द हुँदा सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको छ। केहि बिमान कम्पनीहरुले आफ्ना यात्रुहरुलाई विभिन्न होटलमा लगेपनि धेरैले यात्रुहरुलाई रातिको समयमा समेत अलपत्र छाडेका छन। 


      




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved