हिमाल साप्ताहिकको ‘कभर’ मा गृहमन्त्रीलाई आइजिपीको फूली, संहिता ऐनले के भन्छ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 10:25:10 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल पत्रिकाको यस पटकको अंक बजारमा नआउंदै विवादमा मुछिएको छ। कभर फोटोको तस्विरमा गृहमन्त्री राम बहादुर थापा बादललाई प्रहरी महानिरिक्षकको फूली लगाइएकाले पत्रिका विवादमा तानिएको हो। 

प्रयोग गरिएको फोटोमा 'कम्प्युटर मोन्टाज’ भनेर लेखिएको छ। तर भर्खर लागू भएको मुलूकी अपराध संहिताले कुनै पनि व्यक्तिको तस्विर बिगार्न बन्देज लगाएको छ। मुलुकी अपराध संहिताले कुनै पनि व्यक्तिको तस्विर विगारेर प्रकाशन गरे दुई वर्ष सम्म कैद हुने व्यवस्था गरेको छ।  

ऐनको दफा २९५ को बुँदा नम्बर ३ मा ‘कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । (४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो विगारेर बनाइएको कार्टुन सार्वजनिक गरेको अभियोगमा एक वडासचिवलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले यही ऐन अनुसार उनलाई मुद्दा चलाएको थियो ।

पटक पटक विवादमा आइरहने बरिष्ठ पत्रकार कनकमणी दीक्षितद्वारा प्रकाशित हिमाल साप्ताहिक पत्रिकाको यो 'विवाद' ले कसरि किनारा पाउँछ त्यो भने हेर्न बाँकी छ। सुशासन र विकासलाई प्राथमिकतामा राखेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारले कानुन निमुखा जनतालाई    मात्र हो भन्ने संदेश दिन्छ या कानुन बिपरित काम गर्ने जोहिलाई कारबाही हुन्छ भन्ने संदेश दिन्छ त्यो भने हेर्न बाँकी छ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved