माछापुच्छ्रे बैंकमा रोजगारीको अवसर, एकै पटक १०१ कर्मचारी माग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 11:45:39 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले एकै पटक १०१ कर्मचारी माग गरेको छ। बैंकले आज एक सूचना जारि गर्दै उपत्यकाभित्र तथा बाहिरका लागि सहायकदेखि सहायक स्तरको अधिकृत तहसम्मका कर्मचारी माग गरेको हो।

बैंकले उपत्यकाभित्र तथा बाहिरका गरेर ६ वटा शाखा कार्यालयहरुमा शाखा प्रमुख (अधिकृत तह) माग गरेको छ। बैंकले सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर माग गरेको छ। 

सहायक स्तरको अधिकृत तहका लागि स्नातकोत्तर गरि बाणिज्य बैंकहरुमा कम्तीमा पनि तीन वर्षको कार्यानुभव हुनु पर्नेछ भने उमेरको हकमा ४० बर्ष ननाघेको हुनुपर्नेछ।  

त्यस्तै बैंकले सामान्य प्रसासनको लागि पनि तीन जना सहायक स्तरको अधिकृत माग गरेको छ। यसका लागि स्नातकोत्तर गरि बैंकिङ क्षेत्रमा दुर्इ वर्ष कार्यानुभव भएको हुनुपर्नेछ। 

त्यस्तै बैंकले १५ जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ। यसका लागि स्नातकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ भने कामको अनुभब तोकिएको छैन तर ३० वर्ष सम्मकाले आवेदन दिन पाउने छन्। 

त्यस्तै सहायक स्तरमा ७० जना माग गरिएको छ। यसका लागि बैंकले बिबिए तथा बिबिएस गरेकालार्इ प्रथामिकतामा राखेको छ। स्नातक तहमा कम्तीमा पनि ५५ प्रतिशत तथा ३.२५ जिपिए हुनुपर्नेछ। बैंकले माग गरेको कुनै पनि तहका लागि आबेदन दिने व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ।     

माछापुच्छ्रे बैंकमा काम गर्न चाहनेहरुले आबेदन अनलाइनबाट दिनु पर्नेछ। बैंकको वेबसाइट http://career.machbank.com/career/  मा गएर भदौ ३१ सम्म आबेदन दिनुपर्ने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved