आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 06:21:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।  गत चैत्रमा नै यसको आदेश आएको भने फैसलाको पूर्ण पाठ आज आएको हो । 

सर्वोच्चले तत्काल आवश्यक कार्यविधि बनाएर उनीहरुलाई भोट हाल्न पाउने अधिकारबाट बञ्चित नगर्न सरकारलाई आदेश दिएको हो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटको उक्त फैसलामा आगामी निर्वाचनसम्म सबै प्रक्रिया पूरा गरेर यो व्यवस्था गर्न भनिएको छ । 

साथै फैसलामा अब हुने निर्वाचनहरुमा विदेशमा रहेका नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने सार्थक अवस्थाहरु सिर्जना गर्न आवश्यक स्रोत सामग्री,प्रविधि,संरचना तथा व्यवस्थापनको लागी आवश्यक तयारी गरी मतदान गर्न सक्ने सम्मको अवस्थाहरु सुनिश्चतता गर्न आवश्यक र उपयुक्त पहल गर्नु गराउन आदेश दिईएको छ । 

अदालतको पूर्ण पाठमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, व्यवस्थापिका संसद, व्यवस्थापिका संसद सचिवालय, परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र निर्वाचन आयोगको जवाफ समेटिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved