'बलात्कारीलाई बांचुन्जेल जेलमा सड्न दिनु पर्छ’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 06:35:26 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले बलात्कार र हिँसाका घटना रोक्न मन्त्री समक्ष मागपत्र बुझाएको छ। देशभर बलात्कार र हिँसाका घटना बढ्दै गर्दा  कर्णालीमा यस्तो घटना हुन नदिनका लागि पहल गर्नुपर्ने भन्दै मागपत्र बुझाइएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताइन। 

आयोनको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) समन्वयमा अन्य सदस्य संस्थाहरु सामाजीक विकास तथा  प्रर्वद्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालीकोेट लगाएत युवाका क्षेत्रमा काम गरिरहेका दर्जन बढि संस्थाहरुले समेत यस कार्यमा ऐक्यवद्धता जनाएका छन्।

स्थानिय तहका टोलटोलदेखी सबै ठांउमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रती विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनी विभेद नगरी दोषीलाई सजाय र पिडितलाई यथासक्य न्यायको आभाष दिलानुपर्ने भन्दै कर्णाली सरकारका सामाजीक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको हो।  

मागपत्र बुझ्दै मन्त्री रावलले आयोन र हुरेक नेपाल लगायत संस्थाले बुझाएको मागपत्रप्रती गम्भिर ध्यानाकर्षण भएको बताए। ‘बलात्कारीलाई मृत्यु दण्ड दिईनुपर्ने हो तर त्यसमा नेपालको संविधान र विभिन्न अन्र्तराष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेकोले मिल्दैन । बलात्कारीलाई बांचुन्जेल जेलमा सड्न दिनु पर्छ ।’   

मागपत्र बुझाएपछि पत्रकारहरुसंग बोल्दै आयोन कर्णाली प्रदेशकी संयोजक तथा मानब अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) की कार्यक्रम व्यवस्थापक चरित्राकुमारी केसीले भनिन् ‘ कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या, पोखराकी १३ वर्षीया किशोरी बेपत्ता र दुईदिनपछि शव भेटिनु जस्ता घटना सामान्य भएका छन् । यस्ता खालका घटनामा सरकारको ध्यान जाओस् भनी मागपत्र बुझाएका हौं ।’ उनले थपीन् ‘ देशभरमा गत आर्थीक वर्षमा १४ सय ८० बलात्कारका घटना भएको प्रहरीको तथ्याङ्क छ । यो हिसाबले दिनमा चारवटा घटना पर्न आउंछ । यसमा सरकारको गम्भिर ध्यान हुनुपर्छ । हामी  र हाम्रा छोरीहरुको सुरक्षाको ग्यारेण्टी अब सरकारले लिनुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved