वार्तामा आउन चिकित्सकलाई आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 07:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन् । 

आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा नियमित सेवा प्रदान गर्न अनुरोध गरे । स्वास्थ्यकर्मीको मागमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउँदै राज्यमन्त्री यादवले जनस्वास्थ्य सेवा सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता भइसकेको र त्यसले स्वास्थ्यकर्मीको माग सम्बोधन हुने आश्वासन दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved