पर्यटन व्यवसायीलाई फकाउन आफ्नै निर्णय उल्ट्याउन पर्यटनमन्त्री तयार

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 04, 2018 | 05:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्वतारोही व्यवसायीहरुले खोसिएको रोयल्टी पुन: पाउने भएका छन। नेपाल पर्वतारोहण संघले मंगलबारबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले संघलाई दिईदै आएको रोयल्टी पुनः व्यवस्थापन गर्ने आश्वास दिएका छन।

मन्त्री अधिकारिले सरकारले दिंदै आएको अनुदान कटौती गरेको नभई सबै तहका सरकारमा व्यवस्थापन गरेको जानकारी दिंदै संघको प्रशासनिक खर्चको व्यवस्थापन गर्ने आश्वासन समेत दिए।

देश संघिय संरचनामा गएपछि सरकारले पर्वतारोहण संघलाई दिँदै आएको २० प्रतिशत रोयल्टी प्रदेश र स्थानीय सरकारमा पनि बाढ्नुपर्ने भन्दै कटौती गरेपछि संघले आपत्ति जनाउदै आएको छ। राज्यले दिँदै आएको अनुदान कटौती गरेपछि संघ चल्न नसक्ने भन्दै संघका पदाधिकारीले अनुदान र रोयल्टी कटौती नगर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराए। जवाफमा मन्त्री अधिकारीले २० प्रतिशत नै नभएपनि प्रशासनिक खर्च धान्ने गरी व्यवस्था गर्ने आश्वासन दिए ।

यसअघि पर्वतारोहणमा जाने पर्यटकले तिरेको शुल्कको २० प्रतिशत रोयल्टी संघले पाउँदै आएको थियो । तर मन्त्री अधिकारीले पर्यटन मन्त्रालय सम्हालेपछि उक्त व्यवस्था हटाएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved