मुख्यमन्त्रीको प्रश्न 'घुस दिन खुशी हुनेहरु कर तिर्न किन दुखी?'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 09:37:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करको सन्दर्भमा सामाजिक सञ्जालमा व्यापक भ्रम सिर्जना गरिएको बताएका छन्  । 
कावासोतीमा आज पत्रकारसँगको भेटमा उनले सामाजिक सञ्जालमा खोला तर्दा, शव पोल्दा, माग्नलाई पनि कर लगाएको भनेर भ्रम सिर्जना गरिएको बताए  । 

उनले भने , “बाख्रामा पनि कर लगाएको छ भन्दै भ्रमको खेती भइरहेको छ । करका विषयमा बढाइचढाई नभएको कुरा गरिँदैछ ।” कतिपयले सङ्घीयता कसरी असफल पार्न सकिन्छ भनेर पनि करका विषयलाई बढी नकारात्मक ढङ्गले उठाएको मन्त्री गुरुङ बताए  । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले घुस दिन खुशी हुने तर कर तिर्न भने दुखी हुने प्रवृत्ति भएको बताए   । करको दायरामा सबैलाई समेट्न नसक्ने हो भने समृद्धि र परिर्वतन आउनसमेत नसक्ने बताउँदै उहाँले सरकारले अनावश्यक करको बोझ नथोपर्ने स्पष्ट पारे  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved