अख्तियार प्रमुखमा घिमिरे सिफारिस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 02:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए   । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।   आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त भएका थिए । आजको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए  । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना उपस्थित थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved