'बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 03:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन्  । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गरे  । यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो । 


नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले भने , “बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।’’ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मङ्गलबारको संसद्को बैठकमा स्पष्ट पारेका थिए  । 

समितिका सदस्य भीमबहादुर रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महीनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिम्स्टेकको अवधारणा प्रतिकूल हुने बताए  । समितिका सदस्य डा नारायण खड्काले बिम्स्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत छलफल गर्नुपर्ने भएकाले अर्काे बैठकको माग गरे   । 

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बिम्स्टेकका सदस्य मुलुुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनका क्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने जानकारी दिए   । बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved