स्वीट्जरल्याण्डद्वारा दुई अर्ब सहयोग, कहाँ हुन्छ खर्च ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 03:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे  । 

चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका (नगरपालिका÷गाउँपालिका) मार्फत कार्यान्वयनमा आउने छ । यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट वर्षेनी पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्याङ्क रहेको छ । 

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पु¥याउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved