कम्पनी रजिस्ट्रार कार्यालयका आधा दर्जन उच्च कर्मचारी पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 04:20:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनी रजिस्ट्रार कार्यालयका आधा दर्जन उच्च कर्मचारी पक्राउ परेका छन् । आइतबार छापा मारेर दुवै जना उप रजिस्ट्रार सहित आधा दर्जन कर्मचारी पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ  ।

उप रजिस्ट्रारहरु गंगाधर पौडेल र धर्मराज रोकाया , सह रजिस्ट्रार उमेश मान जोशी , आईटी बिभागका कर्मचारी लगायत ६ जनालाई पक्राउ गरिएको श्रोतको भनाई छ । सीआईबी प्रबक्ता सानुराम भट्टराईले उनीहरुलाई पक्राउ परेको पुष्टि गरे । यद्यपि उनले अनुसन्धान जारी रहेको र अनुसन्धान प्रभावित हुन् सक्ने भएकोले अन्यको नाम तत्काल सार्बजनिक गर्न नसकिने बताए । 

पक्राउ परेकाहरु माथि कागजात किर्ते गरेको आरोप लागेको बताईएको छ । श्रोतका अनुसार उनीहरुले एक निजि कम्पनीको मालिकलाई थाहा नै नदिई उनको नाममा रहेको शेयर अर्को व्यक्तिको नाममा नामसारी गरेका हुन्।  नामसारीपछि ति व्यक्तिको नाममा रहेको जग्गा बिक्रि गर्न थालिएको श्रोतले जनाएको छ  ।

उच्च कर्मचारी पक्राउ परेपछि कम्पनी रजिस्ट्रारको नियमित काम कारबाही प्रभावित भएको गुनासो सेवाग्राहीले गरेका छन् । यसको बिस्तृत जानकारी बिहिबार ११ बजेपछि बिजपाटीमा प्रकाशित हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved