पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 02:52:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्निर्माणको जिम्मा स्थानीय तहहरुले पाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राधिकरण निर्देशक समितिको बिहीबार बसेको बैठकले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरको हो। 

प्राधिकरणको निर्णयसंगै  अब निजी आवास पुनर्निर्माणको प्रमाणिकरण र निरीक्षण स्थानीय तहले गर्नेछ भने जिल्ला तहले अनुगमन मात्र गर्ने छ।

भूमिहीन लाभग्राहीलाई पनि स्थानीय तहले तोकेको स्थान र मापदण्डका आधारमा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन सक्ने छन। स्थानीय तहले प्रमाणीकरण गरेपछि र जिल्ला समन्वय समितिले सिफारिस गरेपछि यो सेवा पाउन सक्ने छन्। साथै घर निर्माणका क्रममा रहेकाहरुको तेस्रो किस्ता यही वर्षभित्र दिइने सीईओ सुशील ज्ञवालीले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved