ओली वंशको भेला पनि बालुवाटारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 12:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली बंशको भेला आयोजनाले सबैको ध्यानकर्षण गरेको छ । सरकारी कामसंग सम्बन्धित कार्यक्रमहरु हुनुपर्ने प्रधानमन्त्रीको सरकारी निवासमा बंशको भेला भएको भन्दै सर्वसाधारणले आलोचना समेत गरेका छन। 

सामाजिक संजालमा ओली बंशको साधारणसभा प्रचार प्रसार गरिएको थियो। र सबैलाई शनिबार बिहान साढे १० बजे प्रधानमन्त्री क्वार्टर बालुवाटारमा डाकिएको छ।

ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उनका बुवा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम छ। कोषका एक  सदस्यले प्रधानमन्त्रीले आफुलाई अभिनन्दन गर्ने भए बालुवाटारमा नै आउन भनेकाले त्यहीं कार्यक्रम राखिएको बताए। ५०० मान्छे भेला हुने उक्त कार्यक्रममा खाजाको समेत व्यवस्था गरिएको उनको भनाई छ।

यस अघि तत्कालीन एमाले र माओवादी केन्द्रको एकता घोषणापछिको भोज पनि बालुवाटारमै भएको थियो। त्यो भोजका लागि कुर्सी मिलाउन नेपाली सेनाका जवानलाई खटाइएको थियो।       

पूर्वप्रशासक र नागरिक अगुवाले सरकारी ढुकुटीबाट खर्च हुने यस्ता कार्यक्रममा बालुवाटारमा आयोजना गर्नु अनुचित भएको बताउँदै आएका छन्।प्रधानमन्त्री कार्यालयमा लामो समय काम गरेका एक सचिवका अनुसार यस्ता कार्यक्रममा हुने खर्च एकमुष्ट बिल प्रधानमन्त्री निवासको बैठक खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयमा आउँछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved