हेलिकप्टर दुर्घटना अपडेटः घटनास्थलमा ६ जनाको शव भेटियो, जिवितै भेटिइन् आनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 06:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार बिहानैदेखि हराइरहेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखामा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरिएको छ ।

अल्टिच्युड एयरका फुर्वा शेर्पाले ६ जनाको मृत्यु भएको र एक जनाको जिवितै उद्धार गरिएको जानकारी दिए। आनी डोल्मा डिकीलाई उद्धार गरिएको हो । हेलिकप्टरको खोजीका लागि बिहानैदेखि धादिङ र नुवाकोटका स्थानीय प्रहरी खटिएका थिए । नेपाली सेनासहित ५ ओटा हेलिकप्टर परिचालन गरिएको थियो । 

9NALS कल साइनको हेलिकोप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी आनी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए । उनीहरु मनास्लु क्षेत्रको भ्रमण गरेर आज काठमाडौँ फर्कँदै थिए ।

यो हेलिकोप्टर काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको थियो । सानागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो । एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस ३५० बी ३ इ सिरिजको हो ।

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा जीवित उद्धार गरिएका गोरखा चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकीलाई मेडिसिटी अस्पताल ल्याइने भएको छ । आनीलाई ल्याउनका लागि डाक्टर सञ्जय कार्कीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।


फोटो: सुकराम तामाङ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved