आङकीपा शेर्पा सहित ६० निर्माण व्यवसायीको इजाजत खारेज (सुची सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 12:27:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ६० निर्माण व्यवसायीको इजाजत खारेज गरेको छ। उनीहरुलाई दिइएको अवधिभित्र इजाजत नविकरण नगरेपछि खारेज गरिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार इजाजत खारेज भएका अधिकाँश ठुला निर्माण व्यवसायी छन। योङ शेर्पा कन्ट्रक्सन, एलपी एन्ड लामा कन्स्ट्रक्सन, सीएलएस कन्स्ट्रक्सन, मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्टक्चर, एलिजा कन्स्ट्रक्सन, सगर कन्ट्रक्सन, थोङता कन्स्ट्रक्सन, काजिमा कन्स्ट्रक्सन, श्रृजन विल्डर्स, देउजा विल्डर्स, लक्ष्मी निर्माण सेवा लगायतका निर्माण व्यवसायीहरुको इजाजत खारेज भएको मन्त्रालयले जनाएको छ।

खारेजीमा परेसंगै ती व्यवसायीले लिएको ठेक्का वा गरिरहेको कामबारे अन्यौल बढेको छ। मन्त्रालयले खारेजीमा परेको व्यवासायीको सूची आइतबारको गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको हो। यी ६० वटा व्यवसायीले कहाँ के काम गरिरहेका छन् भन्ने केहि जनाइएको छैन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved