वैदेशिक रोजगारीका सबै सूचना र जानकारी अब एकै क्लिकमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 01:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने उदेश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त इन्टरनेट सर्भर सञ्चालनमा ल्याउने तयारि थालेको छ। 

श्रम मन्त्रालयले गृह र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा संयुक्त इन्टरनेट सर्भर सञ्चालनमा ल्याउन लागेको हो। वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सरकारी निकाय र विदेशस्थित नियोगका सूचना र जानकारी एउटै सर्भरमा जोड्ने काम सकिएको श्रम मन्त्रालयले जनाएको छ।सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संयुक्त सर्भरको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । भदौ २५ देखि औपचारिक सुरु भए पनि असोज १ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभाग, परराष्ट्र मन्त्रालयको राहदानी विभाग र कन्सुलर सेवा विभागसँग श्रम तथा रोजगार मन्त्रालयको सर्भर लिङ्क गरिएको अध्यागमन बिभागको महानिर्देशक ईश्वर राज पौडेलले बिजपाटीलाई जानकारी दिएका छन। 

'संयुक्त सर्भर लिङ्कलाई विदेशका सबै नियोगको सर्भरमा जोड्ने तयारी छ, र एकै प्ल्याट फर्ममा बैदेशिक रोजगारी सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त हुनेछ' महानिर्देशन पौडेलले भने।अहिले बैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेर यस्तो तयारि गरिएको जानकारी दिंदै पौडेलले निकट भविष्यमा बैदेशिक अध्ययनमा जानेको तथ्यांक पनि यसरि गरि एकै सर्भरबाट हेर्न मिल्ने बनाइने उनको दाबि छ।  

यसबाट विदेशमा कार्यरत कुनै नेपालीलाई केही समस्या पर्यो भने तत्काल समस्या समाधानमा सहयोग पुग्ने उनको विश्वास छ । यस्तै कुन देशमा कति नेपाली कामदार कार्यरत छन् भन्ने यकिन तथ्याँक पनि थाहा हुनेछ।  

सर्भर लिंक सञ्चालनमा आएपछि वैदेशिक रोजगारीमा जान लागेका र गएका सबैको विवरण उतिखेरै थाहा पाउन सकिन्छ । राहदानी विभाग, श्रम विभाग, अध्यागमन विभाग लगायत वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कार्यालय र नियोगको सर्भर लिङ्क हुने भएकाले कम्प्युटरमा पासपोर्ट नम्बर क्लिक गर्ने बित्तिकै एकपटकमा सबै विवरण हेर्न मिल्ने मन्त्रालयको भनाई छ। 

यसबाट वैदेशिक रोजगारीमा जाने र फर्कनेको तथ्याँकसँगै विदेशमा कार्यरत नेपालीले झेल्नुपर्ने समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ । यसले कामदार ठगीमा पर्ने क्रम पनि रोकिने श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीको विषयमा कुनै व्यक्तिले गरेको उजुरी तथा गुनासो पनि अनलाइन प्रणालीमा समावेश हुनेछ । साथै श्रम मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेर अड्किएको छ र प्रक्रिया के भैरहेको छ भन्ने जानकारी पनि लिन सकिने मन्त्रालयले जनाएको छ ।यो सर्भर अर्थात अनलाइन प्रणालीको सुरुवातसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका कामदारको तथ्याँक राख्ने काम पनि सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved