डाक्टर र पत्रकारले बिरोध गरेको संहिता ऐनमा के छ ? (ऐनको पूर्ण पाठ सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 01:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको पाँचवटै संहिता ऐन भदौ १ देखि लागू गरेको छ। जंगबहादुर राणाले वनाएको १६३ महलको ऐनलाई प्रतिष्थापन गरी ५४ बर्षपछी लागू गरिएको संहिता ऐनको समर्थन तथा बिरोधको क्रम जारी छ। 

आफ्नो अधिकार कुण्ठित भएको भन्दै डाक्टर र पत्रकारहरुले संहिता ऐनको संसोधनको माग गरेका छन। त्यस्तै अन्य पेशाकर्मीहरुले समेत ऐनमा भएका विभिन्न व्यवस्थाहरुको संसोधनको माग गरेका छन। 

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भएको हो। उक्त कानुन आएको झन्डै ५४ बर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन २०७४ भदौ १ देखि लागू भएको हो। 

यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ । अहिले प्रतिस्थापन ऐनका रुपमा आउन लागेको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटिएको छ। संहिता ऐनबारे सर्वसाधारणलाई जानकारी दिने उदेश्यले यहाँ ऐनलाई अपलोड गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved