प्रस्तावित प्रधानन्यायाधीश मिश्रबिरुद्द ३ उजुरी, सुनुवाई सोमबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 04:49:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । सङ्घीय संसद्मातहतको संसदीय सुनुवाइ समितिमा नीविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो । 

समितिको आजको बैठकले उनीविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उनको नाम अस्वीकार गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहेका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved