भारतबाट फर्किए लगत्तै पुरक बजेटबारे प्रचण्डले गरे यस्तो खुलासा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 05:19:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले पुरक बजेट ल्याउन सक्ने संकेत गरेका छन् । चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पुरक बजेट सरकारको राजनीतिक र संवैधानिक अधिकार भएको दाबी गर्दै जनताको गुनासो सम्बोधन गर्न पछाडी नहट्ने दाबी गरे ।

अध्यक्ष दाहालले भने 'सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ । विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।' अध्यक्ष दाहालले वृद्धभत्ता नबढाएकोमा जनगुनासो बढदै गएपछि आफूले त्यसलाई व्यवस्था गर्न पुरक बजेटको कुरा प्रधानमन्त्री ओलीसँगै उठाएको बताए । उनले सरकारले आवश्यक महसुस गरे पुरक बजेटमार्फत वृद्ध भत्ता बढाउने निर्णय लिन सक्ने स्पष्ट पारेका हुन्। 

 ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण सफल भएको बताए  । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । त्यस्तै उनले भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गरिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved