चाडपर्व नजिकिँदै जाँदा समेत बनाउन सकेन प्रहरीले सुरक्षा योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 01:44:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अहिलेसम्म बनाउन सकेको छैन । नेपाल प्रहरीले चाडपर्वको दिन नजिँकिदै जाँदा बैंक तथा वित्तीय संस्था आपराधिक गिरोहको तार्गेटमा पर्ने जनाएपनि अझै सुरक्षा योजना बनाउन सकेको छैन । दशैँ तिहार लगायतका चाडमा हुन सक्ने आपराधिक गतिविधितर्फ प्रहरी संवेदनशील रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले दाबी गरे । 

जिल्ला तथा सम्बन्धित स्थानीय तहका प्रहरी युनिटले सुरक्षा योजना बनाएर प्रधान कार्यालयमा पठाउने र त्यसको मूल्यांकन र आवश्यकताका आधारमा प्रधान कार्यालयले स्वीकृत गर्नेछ । सिमानामा हुन सक्ने ठगीका घटना र आपराधिक घटना न्यूनिकरणका लागी प्रहरीले जनशक्ति व्यवस्थापन गर्ने जनाएको छ । केही दिनमा योजनाले पूर्णता पाउने जनाउँदै थापाले गतवर्षहरुको तुलनामा चुस्त र दुरुस्त कार्यसम्पादन हुने दाबी गरे । 

दशैँ आउन १ महिना मात्रै बाँकी हुँदा अहिलेसम्म सुरक्षा योजना नबन्दा एसएसपी थापाले भनेजस्तो चुस्त र दुरुस्त कार्यसम्पादन हुनेमा आशंका उब्जिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved