जापान पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोहका नाईके पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 05:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जापान पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोहका मुख्य नाईकेलाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । जापानको सरकारी कोटामा कृषी सम्बन्धी काममा पठाईदिन्छु भन्दै आफूलाई विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा.लि. को अध्यक्ष र संञ्चालक भन्ने सिन्धुपाल्चोक मेलम्चीका  ३३  वर्षीय सबिन प्रकाश दनुवारलाई  सिआइबिको टोलीले पक्राउ गरेको हो ।

आईतबार बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धानको लागी काठमाण्डौ जिल्ला अदालतमा बुझाइएको सिआइबिले जनाएको छ ।उनले प्रति व्यक्ति ७ लाख देखी १२ लाख सम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड, ३१ लाख ५० हजार रूपैया ठगी गरेको सिआइबिको दाबी छ ।

यस अघि यसै मुद्धामा नुवाकोटका ३३ वर्षिया सरिता गुरूङ र  उदयपुरका २३ वर्षीय लाल मणि दनुवारलाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले गत माघ २९ गते थुनछेक आदेश जारी गर्दै १० लाख धरौटी माग गरेकोमा सरिता गुरूङले तिर्न नसकी के।का।का। चलान भएको र लाल मणी दनुवारले जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । सविन प्रकाश दनुवार भने त्यही बेलादेखी नै फरार थिए । दनुवार यसै समूहको नाईके रहेको सिआइबिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved