स्थानीयवासीलाई पनि सौर्य विद्युतको शेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 08:14:00 AM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विद्युत्मा स्थानीयवासीलाई शेयर दिइने भएको छ । 

सोलार फर्म प्रालिले स्थानीयवासीलाई रु २० करोडको शेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने बताए  । गैरआवासीय नेपालीलाई रु २० करोड तथा संस्थापकलाई रु १० करोडको शेयर उपलब्ध गराइने उनले जानकारी दिए   । करीब रु ५० करोड लागतको पाँच मेगावाट क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुने आले बताउछन। उक्त विद्युत् खरीदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ । 

कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिनाभित्र विद्युत् उत्पादन गर्ने योजना रहेको बताए  । “छिट्टै काम शुरु हुन्छ,” उनले भने । सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । सो कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक रु १३ लाख भाडा तिर्नेछ । सोलार विद्युत् खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरीद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved