वैदेशिक रोजगारीका सबै प्रक्रिया अब अनलाइनबाट, कसलाई के फाइदा ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 11, 2018 | 08:48:17 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका सबै सूचना एकै ठाउँबाट दिने उदेश्यले ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याइएको छ। बैदेशिक रोजगारीसंग सम्बन्धित सम्पूर्ण सूचना एकै गेटवेबाट हुने गरि यो प्रणाली तयार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

यस प्रणालीबाट बैदेशिक रोजगारीसंग जोडिएका सबै सरोकारवाला पक्षले अनलाइन मार्फत नै सम्पूर्ण काम गर्न सक्ने भदौ २५ गते आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए। 

यो प्रणालीले बैदेशिक रोजगारीको क्षेत्रमा सुनौलो युग ल्याउने बिश्वास व्यक्त गर्दै मन्त्री बिष्टले सबै काम अनलाइन मार्फत नै हुने हुँदा बांगीएका नियत समेत सोझो हुने दाबि गरे। यो प्रणालीले तथ्यांक राख्ने मात्र नभई बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विद्यमान समस्याहरुको समेत समाधान हुने उनको बिश्वास छ। 

मन्त्रालयका प्राबिधिक टोलिले असोज १५ देखि यो प्रणाली पूर्ण रुपमा संचालन ल्याउने गरि काम भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। यो प्रणालीले आखिर कसलाई के फाइदा हुन्छ त ?  

कामदारलाई के  फाइदा ?

श्रम मन्त्रालयको अग्रसरतामा ल्याइएको यो प्रणालीले बैदेशिक रोजगारीमा जानेलाई सबै भन्दै बढी फाइदा हुनेछ भने सबै कामहरु अनलाइन मार्फत हुने भएकाले ठग्ने र ठगिने समस्या हट्ने अपेक्षा गरिएको छ। अनलाइन प्रणालीमार्फत कामदारलाई सेवा लिन तथा आफ्नो विवरण हेर्न सजिलो हुनेछ। 

अहिलेसम्म श्रम स्वीकृति लिनेको मात्र यथेष्ट तथ्यांक भएकोमा अब भने श्रम स्वीकृति लिए अनुसार सम्बन्धित देश गए नगएको, स्वदेश फर्किए नफर्कीएको लगायत सबै प्रक्रिया ट्र्याकिंग हुनेछ।

अनलाइनबाटै श्रम स्वीकृतिको फारम भर्न, पेश गर्न र श्रम स्वीकृतिका प्रक्रिया कहाँ पुग्यो भनेर सेवाग्राहीले थाहा पाउन सक्नेछन। यसबाट पटक पटक मन्त्रालय, बिभाग र अन्य संस्था चाहार्न पर्ने समस्याबाट बैदेशिक रोजगारीमा जान चाहनेले मुक्ति पाउनेछन। यस्तै वैदेशिक रोजगारीका क्रममा कामदार अलपत्र परेमा उद्धार प्रक्रिया थाल्न सरकारलाई सहयोग हुने छ ।     

बैदेशिक रोजगारीमा जान चाहनेले यस प्रणालीबाट कुन म्यानपावरमा के माग आएको छ भन्नेदेखि त्यहाँबाट आबेदन गरेर विदेश जाने सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत नै जान्न पाउनेछन। उनीहरुले मोबाइल एसएमएस, मोबाइल एप, वेबसाइट मार्फत यस प्रणालीको प्रयोग गरि सम्पूर्ण जानकारी लिन सक्नेछन।

यस प्रणालीमा रोजगारीमा गएका कामदारको तस्बिर र बायोमेट्रिक सहितको विस्तृत विवरण समेत रहनेछ । वैदेशिक रोजगारसम्बन्धी गुनासा र उजुरी पनि अनलाइन प्रणालीमार्फत गर्न सकिन्छ ।

गन्तव्य देशबाट आउने कामदारको मागपत्र अनलाइन प्रणालीमार्फत सम्बन्धित देशका दूतावास तथा नियोगले प्रमाणीकरण गरेपछि मात्र म्यानपावर व्यवसायीले कामदार लैजान पाउने छन् । यसले म्यानपावरबाट हुने ठगी रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ। त्यति मात्र नभई सेवाग्राहीले आफ्नो प्रकृया कुन बिभागमा पुगेको छ र कुन कर्मचारीको टेबलमा छ भन्ने समेत जानकारी पाउनेछ।  

अन्य सरोकारवालालाई के फाइदा ?

यसले वैदेशिक रोजगारीमा जाने कामदार, वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय सबै पक्षलाई फाइदा पुग्ने सरकारको बिश्वास छ।  

अनलाइन प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोग, वैदेशिक रोजागार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालीम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध गराइएको छ ।

म्यानपावर एजेन्सी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनीले वैदेशिक रोजगार सूचना प्रणालीमार्फत अनलाइन सेवा लिन तथा दिन सक्नेछन् । 

अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सम्पूर्ण इजाजत प्राप्त म्यानपावर, अभिमुखीकरण तालीम प्रदान गर्ने संस्थासहित सरोकारवालाको अनुगमन कार्यमा पनि सहजीकरण हुने सरकारको विश्वास छ।


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved