निर्मला हत्या अनुसन्धानको छानविन समितिका सदस्यको राजिनाको पनि छानविन हुन्छ: गृहमन्त्री

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 01:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा छानविन गरिरहेको बताएका छन्  ।  काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले  हत्या र यस संग जोडिएका बिषयमा अनुसन्धान भईरहेको बताएका हुन् । 

छानविन समितिका सदस्य केसीले म्याद थप अशन्तुष्टी जनाउदै र आफ्नै हत्या हुन् सक्ने कारण देखाउदै समितिबाट राजिनामा दिएका थिए  ।   

मन्त्री थापाले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पु¥याउने विश्वास व्यक्त गरे। उनले भने, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।” 

सोही अवसरमा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताउदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved