निर्मला हत्या आरोपमा पक्राउ परेका रिहा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 08:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् । प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए  । बबिता बमलाई भने रु ३० हजार धरौटीमा छाडिएको छ । 

“बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,” उनले भने । बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए । 

बिष्टको डिएनएसमेत म्याच नभएपछि र प्रमाण नभेटिएकाले साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए  । हत्याको अनुसन्धान भने जारी रहेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved