निर्मला हत्या प्रकरण: राजिनामा दिएको २ दिनमै काममा फर्किए छानविन समिति सदाय केसी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 03:00:52 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसी राजीनामा दिएको २ दिनमै काममा फर्किएका छन्। प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले पत्रकार सम्मेलन गर्दै समितिको सदस्यबाट दिएको राजिनामा फिर्ता लिदै कममा फर्किएको घोषणा गरेका हुन् । 

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको समितिमा केसी सदस्य थिए । केसीले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाउदै निर्मलाको न्यायका लागि राजिनामा घोषणा गरेको जनाएका थिए ।  तर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी कम फर्किएका हुन ।

उनले समितिका संयोजकसँगको छलफलपछि मन्त्रालय र आफ्नो समेत बास्तविक दोषी पत्ता लगाई  कारवाहीको दायरामा ल्याउने उद्देश्यमा एकै भएकोले काममा फर्किएको बताए  । उनले राजिनामा घोषणा गर्दा आफ्नो समेत हत्या हुन् सक्ने बताएका थिए । आज आयोजित पत्रकार सम्मेलनमा उनले भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको बताए  ।

केसीले अाफ्नाे सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा सबै एकमत देखिएकाले काममा फर्किएको प्रष्ट पारे । 

यस्तो छ उनको बिज्ञप्ति : 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved